newa srijana

छ पटकको उपाधिविजेता मनाङलाई सडेन डेथमा हराउँदै सहारा रारा गोल्डकपको फाइनलमा

कप्तान सविन खड्काको निर्णायक पेनाल्टी रोकेर नायक बनेका गोलकिपर टिकेन्द्र थापाको बदौलत सहाराले ७–६ मा जित्यो

पोखरा । सेमीफाइनल खेलमा ६ पटकको उपाधि बिजेता मनाङ मस्र्याङदी क्लबलाई सडेन डेथमा हराउदै आयोजक सहारा क्लब २५ औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आजको भएको पहिलो सेमिफाइनल खेलमा मनाङलाई ७–६ गोलले पराजित गर्दै सहारा क्लब सहारा फाइनल पुगेको हो । निर्धारित ९० मिनेटसम्मको खेल र ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुट आउटमा ५–५ गोल भएपछि सडेन डेथमा ७–६ ले सहाराले जितेको हो । मनाङका कप्तान सविन खड्काको पेनाल्टी रोकेर सहाराका गोलकिपर टिकेन्द्र थापा नायक बने ।

सिटीजन फनिच्रर

पेनाल्टीमा सहाराका लागि विक्की चाम्लिङ्ग राई, विनय तामाङ, मुकुन्दा नुइरे, सिसेस थापा, प्रशन्न श्रेष्ठ, आशिष गुरुङ र शुसिल लामाले गोल गरे ।

मनाङका लागि दिपेश गुरुङ, आशिष श्रेष्ठ, ज्ञान बहादुर पुलामी, युवराज गुरुङ, रोनिष राजभाघ र विदेशी खेलाडी जिदेअन नोअ क्रेमेले गोल गरे । आजको खेलको प्लेयर अफ दि म्याच सहाराका बडारु बने ।

सहाराले अब शनिबार उपाधीका लागि भोली हुने दोस्रो सेमिफाइनल खेल अन्र्तगत उज्वेकिस्तानको आभा क्लब र जवलाखेल क्लब बिचको विजेता संग खेल्ने छ ।

फागुन ९ गते सम्म चल्ने प्रतियोगितामा तिन विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १४ लाख एक हजार रुपैयाँ र उपविजेताले नगद ७ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।

अनिल multipurpose
आहा रारा
वडा नं २६