newa srijana

आभा क्लबलाई हराउँदै जावलाखेल १४ वर्षपछि रारा गोल्डकपको फाइनलमा प्रवेश

पोखरा। जावलाखेल युथ क्लब १४ वर्षपछि पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

२०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—० गोलले पराजित गर्दै फाइन प्रबेश गरेको हो।

१४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं उपाधि विमुख भएको जावलाखेलले उपाधिको लागि सहारा क्लबसँग शनिबार पोखरामा प्रतिस्पर्धा गर्ने छ । खेलको ५२ औं मिनेटमा कुसान गानिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेल फाईनल यात्रा तय गर्न पर्याप्त रह्यो।

सिटीजन फनिच्रर

जावलखेल ६० औं मिनेटमा १० खेलाडीमा सीमित भएपनि गोललाई जोगाई राख्यो । र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै बाहिरिएपछि जावलाखेल त्यसपछिको समय दशजनामा सीमित बन्यो ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनामा आयोजित पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपको शनिबार फाईनल खेल आयोजक सहारा र जावलाखेल युथ क्लब बीच हुने छ ।

सहारा र जावलाखेल युथ बीचको फाईनल नयाँ प्रतिस्पर्धीको रुपमा मैदान उत्रिने छन् । जावलाखेल दोस्रो पटक फाईनल प्रवेश गर्दा सहारा भने फाईनल प्रवेश गरेको चौथो अवसर हो । विजेताले १४ लाख १ हजार नगदराशीसहित ट्रफी उचाल्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

अनिल multipurpose
आहा रारा
वडा नं २६