newa srijana

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

पोखरा । जेसीआई पोखरा लेडी (पोखरा लेडी जेसीज) द्वारा आयोजना हुन लागेको ‘ककस प्रोग्राम–२०२६’ को एबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

ककसको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा लेडी र एबीसी न्यूज प्रालिबिच सम्झौता भएको छ । कार्यक्रमका लागि दुई पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा पोखरा लेडी जेसीजका तर्फबाट अध्यक्ष जेसी सुनिता गौतम भण्डारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एमबि आस्थामगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आगामी फागुन ९ गते (फेब्रुअरी २१) पोखरा ५ पस्र्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा आयोजना हुने ककस कार्यक्रमको एबीसी न्यूजले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष र रेकर्डेड प्रसारण गर्नेछ ।

World link net

सम्झौता कार्यक्रममा पोखरा लेडी जेसीजको तर्फबाट कार्यक्रम संयोजक जेसी रेजिना कटुवाल क्षेत्री, कानुनी सल्लाहकार जेसी नन्दकुमारी सुवेदी ढुंगाना, कार्यकारिणी उपाध्यक्ष जेसी विनिता केसी र एबिसी टिभी पोखराका संवाददाता धनबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न र धेरै भन्दा धेरै दर्शकसम्म पु¥याउन यो मिडिया सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

बिहीबार हुने कार्यक्रममा कास्की ३ का उम्मेद्वारहरुसँग प्रत्यक्ष संवाद हुनेछ । कास्की ३ बाट नेकपा एमालेका दमोदर पौडेल, नेपाली कांग्रेसका मनोज गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनाल, उज्यालो पार्टी नेपालका तर्कबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका तिर्थ गुरुङ उम्मेदवार छन् ।

यस्तै कास्की ३ बाटै श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ, नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीका कुसल थापा क्षेत्री, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा र नेपाल मजदुर किसान पार्टीका मिना न्हिसुतु पनि चुनावी मैदानमा छन् ।

बिहान ९ बजेदेखि सुरु हुने संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन् ।

सिटीजन फनिच्रर