newa srijana

स्याङ्जाको भिरकोटमा ब्राउन सुगर तस्करी आरोपमा दुई युवा पक्राउ

पोखरा । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित दुई युवालाई नियन्त्रणमा लिएको छ।

भिरकोट नगरपालिका–४ छ्याछाड्दी नजिकै सिद्धार्थ राजमार्गमा जाँच गर्दा ग २३ प ४०४२ नम्बरको स्कूटरबाट तीन ग्राम खैरो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

सिटीजन फनिच्रर

स्कुटरमा सवार वालिङ नगरपालिका–८ का ३६ वर्षीय रोशन परियार र ३४ वर्षीय पुकार लोहनीलाई पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार स्कूटर भिरकोटतर्फ आउँदै गरेको अवस्थामा रोक्ने क्रममा पदार्थ र सवारी दुवै बरामद गरिएको हो।

लागुऔषध सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी दुवैविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अनिल multipurpose
आहा रारा
वडा नं २६