newa srijana

फेवातालमा डुङ्गा चालकको मापसे-लापसे जाँच, ५ जना नियन्त्रणमा

पोखरा । फेवातालमा डुङ्गा सञ्चालन गर्दै आएका चालकहरूमाथि मादक तथा लागू औषध सेवन सम्बन्धी विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ। चेकजाँचमा पाँच जना डुङ्गा चालक नियन्त्रणमा परेका छन्।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित फेवातालमा उक्त अभियान सञ्चालन गरिएको हो।

World link net

चेकजाँचका क्रममा ४५ जना डुङ्गा चालकको परीक्षण गर्दा चार जनाले लागू औषध सेवन गरेको र एक जनाले मादक पदार्थ सेवन गरी डुङ्गा सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ। मापसे तथा लापसे पुष्टि भएका ती पाँचै जना चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नबीन कार्कीले डुङ्गा चालकहरूसँग सचेतनामूलक अन्तरक्रिया समेत गरेका थिए।

सिटीजन फनिच्रर