newa srijana

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज शिल्वाल अनुभव सुनाउदै पोखरा

पोखरा । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पहिचान बनाएका सेफ राज शिल्वालले पोखरामा आफ्नो अनुभव सुनाएका छन् । पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुलाई आफ्नो अनुभन सुनाए । नेपाली खानाको स्वादलाई अन्तर्राष्ट्रियमा प्रचार प्रसार उनी लागेका छन् ।

कतारको दोहा स्थित प्रतिष्ठित लक्जरी होटल राफलमा प्रमुख शेफका रुपमा काम गर्दै आएका छन् । उनकै नेतृत्वमा होटलले विश्व प्रसिद्ध मिशेलिन स्टार १ पाएका छ । विश्वस्तरीय किचेनमा काम गर्दै आएका उनले नेपाली स्वाद र आधुनिक पाक–प्रविधिबीच सन्तुलन गर्दै नेपाली खानालाई पनि चिनाउदै आएका छन् ।

सिटीजन फनिच्रर

करिब डेढ दशक लामो अन्तर्राष्ट्रिय अनुभव बटुलेका शिल्वालले विभिन्न देशका पाँचतारे होटल तथा रेष्टुरेन्टमा काम गर्दै आफ्नो पेशागत दक्षता विकास गरेका छन् । उनले बहुराष्ट्रिय टिमसँग सहकार्य गर्दै उच्चस्तरीय फाइन डाइनिङ कन्सेप्ट, फ्युजन कुकिङ र प्रेजेन्टेसन आर्टमा विशेष दक्षता हासिल गरेका छन् ।

चितवनमा जन्मिका उनले आएसी नेपाल पछि अष्ट्रेलिया गएका थिए । उनले त्यहीबाट सेफको काम शुरु गरेका थिए । अष्ट्रेलिया लामो समय काम गरि सकेपछि नेपालमा आएर रेष्टुरेण्ट सञ्चालन गरेका थिए । तर कोभिडका कारण रेष्टुरेष्ट बन्द भएपछि उनी कतारको अन्तर्राष्ट्रिय स्तरको होटलमा काम गर्न पुगेका थिए ।

उनले विद्यार्थीहरुलाई अनुसाशित र लगनशील भएर अध्ययन गरे सफल भइने बताए । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले शिल्वाललाई स्वागत गर्दै सफल व्यक्ति सगँको साक्षातकारले विद्यार्थीको मनोबल बढ्ने बताए ।

अनिल multipurpose
आहा रारा
वडा नं २६