newa srijana

रेडक्रसको कविता प्रतियोगितामा दीपशिखा पहिलो

पोखरा। नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

जम्मा १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् । त्यसै गरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका विवेक सुनार तृतीय तथा छोरेपाटन माविकी श्रवणा दाहाल र होलीमाउन्ड बोर्डिङ स्कुलकी अनुस्का ढकाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

प्रतियोगिताका निर्णायकहरूमा कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्तिका लेखक बाबुराम सुवेदी, साहित्यकार रुपिन्द्र प्रभावी र डिल्लीराम बराल रहेका थिए ।जुनियर रेडक्रस सर्कल, सनफ्लावर बोर्डिङ स्कुलकी अध्यक्ष समष्टि पौडेलको अध्यतामा भएको कार्यक्रममको नेपाल रेडक्रस सोसाइटी, कास्कीका निवर्तमान अध्यक्ष डण्डराज शर्माले उद्घाटन गरेका थिए ।

सिटीजन फनिच्रर

शर्माले रेडक्रस विपत्को मात्र साथी नभई चेतनाको संवाहक पनि भएको बताए । विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि रेडक्रसले विविध गतिविधि सञ्चालन गर्दै आएको भन्दै शर्माले कास्की शाखाको कार्य देशभरकै लागि उदाहरणीय रहेको धारणा राखे ।

कार्यक्रममा कास्कीका शाखाका उपमन्त्री तथा जुनियर युवा संयोजक डिल्लीराम बरालले रेडक्रसले विद्यार्थीको प्रतिभा उजागर हुने किसिमका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।कार्यक्रममा सनफ्लावर बोर्डिङ स्कुलका निर्देशक दीपक शाहको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरू अनिसा खनाल र ईशा खत्रीले गरेका थिए ।

विजेताहरूलाई जिल्ला सदस्य सूर्यप्रसाद तिमिल्सिना ‘पालुवा’, विद्यालयका प्रिन्सिपल अमर माइकल गुरुङ, शिक्षक नायक सचिन पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

अनिल multipurpose
आहा रारा
वडा नं २६