newa srijana

पोखरामा सुटकेसभित्र भेटियो युवतीको शव, साथमा बस्ने पुरुष फरार

पोखरा।‌ पोखरा महानगरपालिका–६ ड्यामसाइडको खोलामा सुटकेसभित्र युवतीको शव भेटिएको छ।

बिहान करिब ८ बजे नयाँपुल मुनीको खोलामा तन्नाले बेरिएको शंकास्पद सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सुटकेस खोल्दा २५ वर्षीया युवतीको शव फेला परेको थियो। युवतीको साथबाट फेला परेको मेडिकल कार्डमा मनिषा विक लेखिएको छ।

सिटीजन फनिच्रर

प्रारम्भिक अनुसन्धानमा घाँटीमा गहिरो चोट देखिएको र हत्या भएको आशंका गरिएको थियो। थप अनुसन्धानमा साथमा बस्ने पुरुषले घाँटी रेटेर हत्या गरी शव सुटकेसमा राखेर पुलबाट खोलामा फालेको खुलेको छ।

Mountain run pokhara click

युवती र साथमा बस्ने पुरुष जापानी भाषा सिक्ने भनेर केही महिनाअघि ड्यामसाइडमा कोठा भाडामा लिएर बस्दै आएका थिए। अहिलेसम्म युवतीका आफन्त कोही आएका छैनन्।

शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमर्टमका लागि राखिएको छ। आरोपी फरार रहेकाले प्रहरीले खोजतलास सुरु गरेको छ।

Rabin photo