newa srijana

दशकौंको एमाले गढ कास्की २ मा रास्वपाका पौडेल चार गुणा मतान्तरले विजयी

पोखरा । दशकौंदेखि नेकपा एमालेको अटूट किल्ला मानिँदै आएको कास्की क्षेत्र नम्बर २ मा यसपटकको निर्वाचनले राजनीतिक भूकम्प ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेलले एमालेको यो परम्परागत गढलाई चकनाचूर पार्दै ऐतिहासिक विजय दर्ज गरेका छन्।

अन्तिम मतपरिणाम अनुसार पौडेलले ३१ हजार ९११ मत पाएका छन् भने एमालेका रश्मि आचार्य जम्मा ७ हजार ४९३ मतमा सीमित भइन्। दुईबीचको मतान्तर २४ हजार ४१८ पुगेको छ, जुन कास्कीकै चुनावी इतिहासमा विरलै देखिएको अन्तर हो।

सिटीजन फनिच्रर

नेपाली काँग्रेसका माधवप्रसाद बाँस्तोला ६ हजार ५ सय मतसहित तेस्रो स्थानमा रहे। राप्रपाका हेमजंग गुरुङ १ हजार ६४३ मत ल्याउँदै चौथो भए भने नेकपाका हेमबहादुर थापा १ हजार २७६ मतसहित पाँचौंमा परे। उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवारमध्ये बसन्तराज घिमिरे र विष्णुप्रसाद तिवारीले क्रमशः १३१ र १३० मत पाए। मंगोल नेशनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ ११९ मतसहित सयको आँकडा नाघ्न सफल भए तापनि अन्य ८ जना उम्मेदवार दोहोरो अंकमै सीमित रहे।

उल्लेखनीय छ, २०७९ को निर्वाचनमा रास्वपा यही क्षेत्रमा ४ हजार ५ सय मतले पिछडिएको थियो। तर समानुपातिकतर्फ भने त्यतिबेला पनि रास्वपा नै अग्रस्थानमा थियो। काँग्रेस छाडेर रास्वपामा आएका पौडेलले यसपटक दलको अपेक्षाभन्दा बढी नतिजा दिएका छन्।

अनिल multipurpose