newa srijana

पार्टी बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापा मृत्यु 

पोखरा। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ ।

बिहीबार कास्की जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक थियो । सो बैठकलाई १० मिनेट सम्बोधन गर्ने क्रममा थापा हृदयघात भई ढले । उनलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगियो  तर उनको ज्यान जोगिएन ।

सिटीजन फनिच्रर

एमाले कास्की उपाध्यक्ष भेषराज बरालले यो जानकारी पुष्टि गरेका छन् । उनको शव मणिपाल अस्पतालमा राखिएको छ ।

थापालाई कास्की–२ को उम्मेदवार दिइएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो ।

अनिल multipurpose