newa srijana

रूपा गाउँपालिकाको स्थापना दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न

पोखरा । रूपा गाउँपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा खेलकुद, सम्मान तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा वडा नं. ६ ले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा वडा नं. ५ द्वितीय र वडा नं. २ तृतीय स्थानमा रहेका छन्।

कार्यक्रमका क्रममा गाउँपालिकाद्वारा प्रकाशित “रूपा अंक–४” को विमोचन गरिएको थियो। साथै उत्कृष्ट विद्यालय तथा शिक्षकहरूलाई सम्मान गरिएको छ भने महिलाहरूबीच डोरी तान्ने प्रतियोगिता र विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरिएको थियो।

सिटीजन फनिच्रर

यसै अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेल को विदाइ कार्यक्रम पनि गरिएको छ।

त्यस्तै उत्कृष्ट सामुदायिक वनहरूलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। विविध कार्यक्रमका साथ स्थापना दिवस भव्य रूपमा मनाइएको गाउँपालिकाको भनाइ छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण रूपावासी तथा सरोकारवालाप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

अनिल multipurpose