newa srijana

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

पोखरा । मध्यपूर्व तथा पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ बढाएको हो। मिति २०८२ फागुन २ गते मध्यरातदेखि नयाँ मूल्य लागू भएको छ।

World link net

पोखरासहित तेस्रो वर्गका सहरमा यसअघि पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँमा बिक्री भइरहेको थियो। मूल्यवृद्धिपछि पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५२ रुपैयाँ पर्नेछ।

नेपालसँग आफ्नै पेट्रोलियम स्रोत नभएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा प्रत्यक्ष असर पर्ने गरेको निगमले जनाएको छ। मूल्यवृद्धिसँगै आपूर्ति व्यवस्थापन पनि चुनौतीपूर्ण हुने निगमको भनाइ छ।

सिटीजन फनिच्रर