newa srijana

कार्की आयोगको सिफारिसपछि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पोखरा । नेपाल प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा बिहान ५ बजेर ४० मिनेटमा उनलाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको हो।

सिटीजन फनिच्रर

लेखक गत भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका बेला गृहमन्त्रीको जिम्मेवारीमा थिए। काठमाडौंको नयाँ बानेश्वरमा भएको उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि उनले सोही दिन साँझ पदबाट राजीनामा दिएका थिए।

घटनाको छानबिनका लागि सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।

शुक्रबार बसेको बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग पक्राउबारे छलफल गरेका थिए।

अनिल multipurpose