newa srijana

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पोखरा। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार भक्तपुरको गुण्डुबाट पक्राउ गरेको छ। प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको हो।

सिटीजन फनिच्रर

शुक्रबार नयाँ सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उक्त आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो। भदौ २३ र २४ मा काठमाडौंको बानेश्वरमा भएको जेनजी प्रदर्शनमा किशोरहरूमाथि गोली प्रहार गरिएको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार ठहर गरेको छ। कार्की आयोगले चैत २४ मा प्रतिवेदन बुझाएको थियो।

अनिल multipurpose