newa srijana

याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम सुरु

पोखरा । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा कास्कीको याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्यमा कास्कीको मादी गाउँपालिका –३ याङ्जाकोटमा मंगलबार देखि सुरु भएको तालिम बुधबार सकिनेछ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् ।

कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् । ‘फोटो पत्रकारको एक क्लिकले इतिहास, मानवीय संवेदना, समाजको यथार्थ एकै सेकेन्डमा दस्तावेजीकरण गरेको देखेको छौं,’ उनले भनीन्, ‘भाषा नबुझको अवस्थामा पनि तस्बिरले धेरै कुरा बुझेको अवस्था छदैछ । तस्बिरले भूगोल, सिमाना र भाषाको पर्खाल नाघेर एकै ठाउँमा राख्ने वातावरण सिर्जना गरेको छ ।’

पछिल्लो समयको डिजिटल युगमा एआईको माध्यमबाट फेक तस्बिर बनाएर भ्रम फैल्याउने गलत काम भइरहेका समयमा सजग हुनुपर्नेमा उनको जोड थियो । यस चूनौतिलाई चिर्दै अघि बढ्नुपर्ने फोटो पत्रकारहरुसामु चूनौति रहेको उनको भनाइ थियो । यी विषयमा पनि तालिममा छलफल हुनुपर्ने उनले बताइन् । आगामी दिनमा फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यकताका आधारमा तालिमका कार्यक्रम गर्दै जाने उनको प्रतिवद्धता थियो ।

सिटीजन फनिच्रर

तालिमका मुख्य प्रशिक्षक हरी महर्जनले फोटोको कला सिक्नका लागि तालिम फाइदाजनक हुने बताए । प्रशिक्षार्थीहरुको आवश्यकता हेरी प्रशिक्षण दिएर फोटो पत्रकारितामा सँगै हिड्ने उनले सुनाए ।

नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले फोटोले समाचारलाई विश्वसनीय बनाउने भएकाले समाचारमा फोटो अनिवार्य रहेको बताए । त्यसैले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रेस रजिष्ट्रारको आयोजनामा भएको तालिममा संघले सहकार्य गरेको उनको भनाइ थियो ।

तालिममा फोटोको आधारभूत ज्ञान, फोटोको प्रकार, कम्पोजिसन, फोटो क्याप्सन, फोटो स्टोरी, कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिइनेछ । हरी महर्जन, केशवशरण लामिछाने, घनश्याम पौडेल, कृष्णमणि बराल र दुर्गा रानामगरले तालिममा प्रशिक्षण दिनेछन् ।

तालिममा पोखराका विभिन्न मिडियामा आवद्ध ४० जना फोटो पत्रकार सहभागी छन् ।

अनिल multipurpose