newa srijana

पोखरा आइडिया मार्टमा ‘हिमेक्सा’ विजेता

पोखरा । पोखरा आइडिया मार्ट २०२६ को अन्तिम प्रस्तुतिकरण बुधबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च कास्की को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

सातदिने बुट क्याम्पपछि आयोजित अन्तिम प्रस्तुतिकरणमा ४० सहभागीमध्ये ११ वटा टिम प्रतिस्पर्धामा सहभागी भएका थिए । कार्यक्रममा महानगर प्रमुख धनराज आचार्य ले यस्ता कार्यक्रमले युवामा उद्यमशीलता विकास र नयाँ सोच निर्माणमा सहयोग पुगेको बताए ।

उनले कार्यक्रमको चौथो संस्करणसम्म आइपुग्दा अघिल्ला संस्करणबाट धेरै युवाले उद्यम सुरु गरिसकेको उल्लेख गर्दै महानगरले निरन्तर सहयोग गर्दै आएको बताए । नेपालमै सरकारी तवरबाट सञ्चालन गरिएको यो पहिलो प्रकारको कार्यक्रम भएको उनको भनाइ थियो ।

World link net

महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया ले पोखरालाई नवप्रवर्तन र आइडिया निर्माणको केन्द्र बनाउन कार्यक्रमले योगदान पुर्‍याइरहेको बताए । कार्यक्रम महानगरपालिकाको ७० प्रतिशत र नेपाली युवा उद्यमी मञ्चको ३० प्रतिशत लागत साझेदारीमा सञ्चालन गरिएको हो ।

प्रतियोगितामा ‘हिमेक्सा’ समूहका रविन पौडेल र दीपक पनेरु विजेता बने । उनीहरूले १ लाख ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

‘द डाएनामिक ड्युओ’ का सुजन लामिछाने र विक्रम कुँवर पहिलो रनरअप, ‘अर्गानिक साइकल’ का ओसन मगर, गौतम राजा र निर्मला सुवेदी दोस्रो रनरअप तथा ‘आमाबा केयर’ का अनुजा गौतम र जगतजननी अधिकारी तेस्रो रनरअप बने । उनीहरूले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

सिटीजन फनिच्रर