newa srijana

सार्वजनिक स्थलमा झै–झगडा गर्ने चार जना पक्राउ

पोखरा । पोखराको नयाँबजार क्षेत्रमा सार्वजनिक स्थानमै झै–झगडा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ ७ गते दिउँसो करिब ११ बजे पोखरा महानगरपालिका–९ नयाँबजार क्षेत्रमा दुई समूहबीच झडप भएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि अनुसन्धान सुरु गरिएको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनामा संलग्न चार जनालाई बिहीबार पृथ्वीचोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

World link net

प्रहरीका अनुसार पक्राउ पर्नेहरू सवारी साधनमा हेल्परको काम गर्ने व्यक्ति हुन् । खाजा खाने विषयमा सामान्य विवाद हुँदा झै–झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–१२ का ३२ वर्षीय विजय अधिकारी, धादिङ त्रिपुरासुन्दरी नगरपालिका–२ का २२ वर्षीय राजकुमार परियार, स्याङ्जा पुतलीबजार नगरपालिका–२ का २४ वर्षीय सुजन परियार तथा पोखरा महानगरपालिका–१३ मियापाटनका २३ वर्षीय निरज आले मगर रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिटीजन फनिच्रर