newa srijana

मारिया मन्टेस्वरी पोखरामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

पोखरा  । मारिया मन्टेस्वरी पोखराले पोखरा महानगरपालिका–६, लेकसाइडस्थित क्रिस्टल महलमा आईएसओ ९००१:२०१५ मा आधारित एकदिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयकी प्राचार्य मिना सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोबल सर्टिफिकेसन नेपाल प्रालिका प्रतिनिधि रविकिरण श्रेष्ठ प्रमुख प्रशिक्षक तथा अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका शुभ्रा भट्टराई बरालले गरेकी थिइन् भने स्वागत मन्तव्य एकेडेमीका संयोजकले राखेका थिए।

कार्यक्रममा १५८ जना अभिभावकको सहभागिता रहेको थियो। विद्यालयको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरअनुरूप विकास गर्न घर र विद्यालय दुवै पक्षको साझा जिम्मेवारी रहने तथा आगामी दिनमा आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने विषयमा जोड दिइएको थियो।

World link net

बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावक, शिक्षक र विद्यालयको साझा भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै वक्ताहरूले घर र विद्यालयबीचको नियमित संवाद तथा सहकार्यले बालबालिकाको शैक्षिक, नैतिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा बालबालिकालाई घरमा मोबाइल तथा डिजिटल स्क्रिनको प्रयोग कम गराउने, उनीहरूको भावनात्मक विकासका लागि सकारात्मक पारिवारिक वातावरण सिर्जना गर्ने तथा विद्यालयमा अवलम्बन गरिएको मन्टेस्वरी शिक्षण विधिअनुरूप घरमै पनि उपयुक्त संस्कार र व्यवहार विकास गराउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विषयमा छलफल गरिएको थियो।

व्यस्त समयका बाबजुद कार्यक्रममा सहभागी भएका अभिभावकप्रति आभार व्यक्त गरिएको थियो।

सिटीजन फनिच्रर