newa srijana

आश्रय अभियान नेपालद्वारा कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग

पोखरा । आश्रय अभियान नेपालले पोखरा–२७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ। समूहकी अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चस्वरूप १० हजार रुपैयाँ हस्तान्तरण गरिन्।

सहयोग प्रदान गर्दै अध्यक्ष गीताले मानिस शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि खुसी रहन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइन्। उनले आफ्नो समूहले विगतका वर्षहरूमा पनि उक्त धामलाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिइने जानकारी दिइन्।

World link net

सहयोग रकम ग्रहण गर्दै धामका प्रमुख विष्णु वशिष्ठले समूहको सहयोग आफ्नो संस्थाका लागि महत्त्वपूर्ण रहेको बताए। अन्य संस्थाबाट पनि यस्तै प्रकारको सहयोग प्राप्त भएमा त्यहाँ आश्रित बालबालिका तथा धामलाई सहज हुने उनले बताए।

समूहका उपाध्यक्ष डा. कृष्णराज अधिकारीले आश्रय अभियानमार्फत सामाजिक क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए। कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद ढुङ्गानाले गरेका थिए। सहयोग समारोहमा धाममा आश्रित बालबालिकाहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

सिटीजन फनिच्रर