newa srijana

नेपाली जनसम्पर्क समिति जापानको उप-सभापति पदमा स्याङजाका युवराज गुरूङ निर्वाचित 

पोखरा । नेपाली कांग्रेसको विदेशस्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति जापानको सातौँ महाधिवेशनबाट स्याङजाका युवराज गुरूङ उप-सभापति पदमा निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश स्याङजा जिल्लाको विरूवा गाउँपालिका वार्ड नं.०७ मनकामना,खाल्डाडा स्थायी घर भएका लामो समयदेखि जापानमा रहेर सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । हालै सम्पन्न समितिको सातौँ महाधिवेशनले उनलाई संगठनको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

सिटीजन फनिच्रर

उप-सभापति पदको जिम्मेवारीले जापानमा रहेका नेपाली समुदाय र विशेष गरी जापानवासी गुरूङहरूमा खुसीयाली छाएको छ ।

उप-सभापति पदमा निर्विरोध निर्वाचित भएपछि गुरूङलाई विभिन्न संघ-संस्था, शुभचिन्तक तथा कांग्रेसी कार्यकर्ताहरूले बधाई एवं सफल कार्यकालको शुभकामना दिइरहेका छन् । उनले आफ्नो कार्यकालमा संगठनलाई थप सुदृढ बनाउन, संगठनभित्रका बेथितिलाई हटाउने र जापानमा रहेका नेपालीहरूको साझा समस्याहरूमा आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सातौं महाधिवेशन बाट सभापति राजेन्द्र प्रसाद जमरकट्टेल, उपसभापति रामजंग कार्की (कान्तो) , रेशम कुमार डंगोल (सिजुवका) , डिका कार्की (फुकुओका) , पोषकान्त न्यौपाने(किता कान्तो),हरि प्र. कंडेल (ओशाका) ,शुसिल पौडेल (नागोया) ,युवराज गुरुङ (कान्तो), महिला उपसभापति सावित्री लामा (सेन्दाई), अनिता गुरुङ लामा (टोकियो), महामन्त्री विराट खनाल , अशोक शर्मा (गोपाल), सह- महामन्त्री राम प्र. बास्तोला,दिपेश खत्री, कुशल धिताल ,घनश्याम कंडेल , बिनोद तामाङ , प्रिन्सेस खरेल (महिला) , विमान सिं मोक्तान,सुरेश सापकोटा , चित्र ब. गुरुङ ,शिवकुमार श्रीस मगर , शम्भु केसी, धिरेन्द्र बम ठकुरी ,दिनेश अधिकारी , शिव पौडेल ,रोशन निरौला, कोषाध्यक्षमा यमकान्त कंडेल, सह-कोषाध्यक्ष सन्देश अधिकार ,महेन्द्र सुवेदी (सुमन), महिला सह कोषाध्यक्षमा मनोनित गर्न बाँकी , केन्द्रिय सदस्यहरू सागर प्र. कंडेल , राजेश खनाल , श्याम हरि तिम्सीना ,सन्तोष ढकाल ,अर्जुन सुवेदी, टिकाराम कंडेल , देव बहादुर पुन , पवित्रा देवकोटी रेग्मी (पवी) ,गणेश बहादुर बिष्ट,वसन्त आचार्य , भिम ब घर्ती अनुप , ईश्वरी अधिकारी , गणेश जंग रायमाझी , सन्तोष ब. मल्ल , भरत गुरुङ, दिनेश सापकोटा , असिम खनाल , दुर्गा प्र. गैरे ,सुवास पाण्डे, राजन ढकाल , रेशम के.सी,प्रविण कंडेल , संघर्ष सुवेदी लगायतका सबै पदमा निर्विरोध निर्वाचित भएका छन ।

Pokhara learners