newa srijana

राष्ट्रिय युवा संघ गण्डकीको प्रथम पूर्ण बैठक सम्पन्न, नयाँ जिम्मेवारी घोषणा गर्दै निर्णयहरु सार्वजनिक

राष्ट्रिय युवा संघ गण्डकीको प्रथम पूर्ण बैठक सम्पन्न, नयाँ जिम्मेवारी घोषणा गर्दै निर्णयहरु सार्वजनिक

पोखरा,

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ। बैठक पश्चात आयोजित पत्रकार सम्मेलन मार्फत संगठनले नयाँ जिम्मेवारी घोषणा गर्नुका साथै बैठकबाट पारित संगठनात्मक तथा समसामयिक निर्णयहरू सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा अक्कल तामाङ प्रदेश इन्चार्जले  रोशन घर्ती मगरलाई सहइन्चार्जको जिम्मेवारी प्रदान गरि नवनियुक्त पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ समेत गराइएको थियो ।

सिटीजन फनिच्रर

बैठकले प्रदेशभर संगठन विस्तार अभियानलाई तीव्र बनाउने, सदस्यता नवीकरण तथा नयाँ सदस्यता अभियान सञ्चालन गर्ने, जिल्ला, पालिका र वडा तहसम्म युवा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाएको छ । त्यसैगरी विपद् व्यवस्थापनका लागि युवा स्वयंसेवी टोली गठन, रक्तदान, वृक्षारोपण र सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश समितिले सरकारका समसामयिक नीति, महँगी, कर वृद्धि, शिक्षा, स्वास्थ्य, सुकुम्बासी व्यवस्थापन, अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार लगायतका विषयमा बैठकले पारित गरेका प्रस्तावहरू सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेश अध्यक्ष रोशन तामाङको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको सञ्चालन प्रदेश सचिव किरण ढकालले गरेका थिए ।

Pokhara learners