newa srijana

ट्रेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा । स्याङजाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा ट्रेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको ट्रेलरले सोही दिशातर्फ अघि बढिरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक वालिङ नगरपालिका–६ आमडाली निवासी ५५ वर्षीय बिनोद अर्याल गम्भीर घाइते भएका थिए। उनको हात, खुट्टा र छातीमा चोट लागेको थियो।

सिटीजन फनिच्रर

घाइते अर्याललाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि प्रहरीले ट्रेलर चालक बैतडीको मेलौली नगरपालिका–२ निवासी २४ वर्षीय निरज चन्दलाई नियन्त्रणमा लिएको छ। ट्रेलर पनि नियन्त्रणमा राखिएको छ।

घटनाबारे वडा प्रहरी कार्यालय, वालिङले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Pokhara learners