newa srijana

‘अपरेसन ३६५’ अन्तर्गत थप ३३ मोटरसाइकल नियन्त्रणमा

अभियान सुरु भएयता ७७३ सवारीसाधन र ३६ जनामाथि कारबाही

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण गर्ने थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

गएराति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गरी ती मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।

सिटीजन फनिच्रर

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले महेन्द्रपुल र नयाँबजार क्षेत्रबाट दुई वटा, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड, सिर्जनाचोक र राष्ट्र बैंकचोक क्षेत्रबाट १० वटा, इलाका प्रहरी कार्यालय शिशुवाले तालचोक र गगनगौंडा क्षेत्रबाट दुई वटा, वडा प्रहरी कार्यालय बगरले बाग्लुङ बसपार्क, बिन्ध्याबासिनी र नदीपुर क्षेत्रबाट १४ वटा तथा वडा प्रहरी कार्यालय रामबजारले अमरसिंहचोक, अस्पतालचोक र बुद्धचोक क्षेत्रबाट पाँच वटा मोटरसाइकल नियन्त्रणमा लिएका हुन्।

स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि निकाल्ने सवारीसाधनमाथिको निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। यस्ता गतिविधिले ध्वनि प्रदूषण बढाउनुका साथै सर्वसाधारणको शान्ति–सुरक्षामा असर पार्ने भएकाले अभियानलाई थप प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेसन ३६५’ अभियान सुरु भएयता हालसम्म ७७३ वटा सवारीसाधन र ३६ जनामाथि आवश्यक कानुनी कारबाही गरिएको छ।

Pokhara learners