newa srijana

कुमुदिनी होम्समा कविता वाचन

माध्यमिक र आधारभूत तहका ८० विद्यार्थीले सुनाए आफ्ना रचना

पोखरा । पोखरा महानगरपालिका–४ स्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कुमुदिनी साहित्य कुञ्जले आयोजना गरेको कविता प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। प्रतियोगितामा माध्यमिक र आधारभूत तहका ८० विद्यार्थीले आफ्ना कविता वाचन गरेका थिए।

माध्यमिक तहअन्तर्गतको प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम भए। कक्षा ९ ‘क’ का एशव परियार द्वितीय र कक्षा ९ ‘ग’ की आरुषी रायमाझी तृतीय भए। कक्षा १२ विज्ञान संकायकी नम्रता अधिकारी र कक्षा १० ‘ख’ का दिपेश राना मगरले सान्त्वना स्थान हासिल गरे।

आधारभूत तहअन्तर्गत कक्षा ८ ‘ख’ की चाहना आचार्य प्रथम, सोही कक्षाकी उपास्ना कार्की द्वितीय तथा कक्षा ६ ‘ख’ की आशिका पौडेल तृतीय भइन्। कक्षा ७ ‘ख’ की रविना महतरा र कक्षा ६ ‘ग’ का भूपेन्द्र बोगटी सान्त्वना भए।

Mountain run pokhara click
सिटीजन फनिच्रर

साहित्य कुञ्जका अध्यक्ष तथा कक्षा ११ विज्ञान संकायका विद्यार्थी प्रतीक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्य कुञ्जकी सचिव तथा कक्षा ११ विज्ञान संकायकी एञ्जल ठकुरीले गरेकी थिइन्।

प्रतियोगितामा पाइला फाउन्डेसनका नरेन्द्रकुमार नगरकोटी तथा शिक्षकद्वय अनुपमणि अधिकारी र सुस्मा आमात्य निर्णायक थिए।

कार्यक्रममा विद्यालयका सहप्राचार्य मुकेशकुमार अधिकारी र आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठले विजेता विद्यार्थीलाई बधाई दिएका थिए। प्रतियोगितामा ८० विद्यार्थीले आफ्ना रचना वाचन गरेको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए।

Rabin photo