newa srijana

पोखरामा १५८ किलोमिटर रेन्जसहित टीभीएस ‘अरबिटर ईभी’

३४ लिटर बुट स्पेस, १४ इन्च फ्रन्ट ह्विल र स्मार्ट सुरक्षा प्रणालीसहित नयाँ इलेक्ट्रिक स्कुटर

पोखरा । टीभीएस मोटर कम्पनीले १५८ किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर ईभी’ पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको स्कुटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।

कम्पनीका अनुसार अरबिटरमा ३.१ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसले १५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडलगायत सुविधा उपलब्ध छन्।

अरबिटरको प्रमुख विशेषताका रूपमा १४ इन्चको फ्रन्ट ह्विललाई लिइएको छ। कम्पनीले यसलाई उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल भएको इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरेको छ। ठूलो अगाडिको पांग्राले विभिन्न सडक अवस्थामा स्थिरता, ग्रिप तथा ह्यान्डलिङ सुधार गर्ने कम्पनीको दाबी छ।

स्कुटरमा ३४ लिटरको अन्डर–सिट स्टोरेज छ, जसमा दुईवटा हेल्मेट राख्न सकिने कम्पनीले जनाएको छ। ८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिट र २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्डले चालक तथा पछाडि बस्ने यात्रुलाई सहजता र पर्याप्त लेगरुम उपलब्ध गराउने बताइएको छ।

प्रविधितर्फ अरबिटरमा कनेक्टेड मोबाइल एप, कल तथा एसएमएस अलर्टसहितको कलर एलसीडी डिजिटल क्लस्टर, टर्न–बाइ–टर्न नेभिगेसन र ओटीए अपडेटको सुविधा रहेको छ। मोबाइल एपमार्फत ब्याट्री चार्जको अवस्था तथा ओडोमिटरको विवरण टाढैबाट जाँच गर्न सकिने कम्पनीले जनाएको छ।

सिटीजन फनिच्रर

सुरक्षाका लागि स्कुटरमा दुर्घटना वा स्कुटर ढलेको अवस्थामा अलर्ट, चोरी तथा टोइङ अलर्ट, जियोफेन्सिङ, टाइमफेन्सिङ र लाइभ लोकेसन ट्र्याकिङजस्ता स्मार्ट सुविधा समावेश गरिएको छ।

त्यस्तै अरबिटरमा १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, एलईडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प र यूएसबी चार्जिङ पोर्ट उपलब्ध छन्।

कार्यक्रममा स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले टीभीएस आईक्युबको सफलतापछि अरबिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज खरिद तथा स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए।

जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली ग्राहकको आवश्यकता तथा नेपालको विविध सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर अरबिटरको परीक्षण गरिएको बताए। स्कुटरमा आकर्षक डिजाइनसँगै प्रविधि, आराम, उपयोगिता र कार्यसम्पादनलाई प्राथमिकता दिइएको उनले बताए।

टीभीएस अरबिटर नेपालमा नियोन सनब्रस्ट, कस्मिक टिटानियम र मार्टिन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ।

कम्पनीले अरबिटरको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। नयाँ मोडल सार्वजनिक भएसँगै टीभीएसले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा आफ्नो उत्पादन पोर्टफोलियो थप विस्तार गरेको छ।

Pokhara learners