newa srijana

युवा नेतृत्व र सिर्जनशीलतामाथि पोखरा जेसीजको बहस

अन्तर्राष्ट्रिय युवा दिवसमा थिम सेमिनारसँगै साहित्यिक साँझ आयोजना हुँदै

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले युवा नेतृत्व, क्षमता विकास र सिर्जनशीलतामाथि केन्द्रित कार्यक्रम आयोजना गर्ने भएको छ। जेसीजले बुधबार पोखरामा ‘परिष्कृत युवा : सशक्त नेतृत्व’ विषयमा थिम सेमिनारसँगै साहित्यिक साँझ आयोजना गर्न लागेको हो।

थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्।

सेमिनारमा युवाको नेतृत्व विकास, बदलिँदो सामाजिक परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्व तहमा स्थापित गर्ने विषयमा छलफल हुने पोखरा जेसीजले जनाएको छ।

सिटीजन फनिच्रर

यसै अवसरमा जेसीजले ‘शब्दमा युवा आवाज, सिर्जनामा युवा चेतना’ विषयमा साहित्यिक साँझसमेत आयोजना गर्ने भएको छ। साहित्यिक कार्यक्रममा बाबु त्रिपाठी, शिव त्रिपाठी, प्राञ्जल, गीता अधिकारी (जूनु) र ट्रुपक सहभागी हुनेछन्।

दुवै कार्यक्रम साउन २७ गते (अगस्ट १२) पोखरा सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजना हुनेछन्। कार्यक्रम अपराह्न ४ बजे सुरु हुनेछ।

युवाको क्षमता, नेतृत्व क्षमता र सिर्जनशीलता विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पोखरा जेसीजले जनाएको छ।

Pokhara learners