newa srijana

एफएनसीसीआई गण्डकीको सदस्यमा कृष्णप्रसाद आचार्य मनोनीत

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) गण्डकी प्रदेशले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई आमन्त्रित सदस्यमा मनोनीत गरेको छ।

सिटीजन फनिच्रर

महासंघ गण्डकी प्रदेशको जेठ २४ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले आचार्यलाई आमन्त्रित सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

महासंघको विधान, नियमावली र आचारसंहिताअनुसार आवश्यक कार्यविधि तयार गरी महासंघलाई सशक्त रूपमा अघि बढाउने कार्यमा आचार्यको महत्वपूर्ण योगदान रहने महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले बताए।

Pokhara learners