newa srijana

वडाध्यक्ष बरालद्वारा मासिक पारिश्रमिक बाढीपीडित राहतमा

जनताको दुःखमा साथ दिन वडाध्यक्ष किरण बरालले आफ्नो मासिक तलब राहतमा दिने निर्णय गरेका छन्।

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले आफ्नो मासिक पारिश्रमिक बाढीपीडितको राहतका लागि दिने घोषणा गरेका छन्।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि उनले आजदेखि प्राप्त हुने मासिक पारिश्रमिक सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। मुलुकले सामना गरिरहेको विपद्को कठिन घडीमा सम्पूर्ण नेपाली एकजुट भई सहयोग र सहकार्य गर्नुपर्नेमा वडाध्यक्ष बरालले जोड दिएका छन्।

सिटीजन फनिच्रर

जनप्रतिनिधिको पद सेवा, सुविधा र अधिकारका लागि मात्र नभई जनताको दुःखमा साथ दिन र योगदान गर्नका लागि पनि रहेको बताउँदै उनले भने मेरो सानो योगदान विपद्मा परेका नागरिकका लागि ठूलो आशा बनोस् भन्ने चाहन्छु।

Mountain run pokhara click

बाढी तथा पहिरोका कारण रसुवालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

Rabin photo