newa srijana

भोटेकोशी बाढीपीडितका लागि जी एन्ड के एजुकेसन कन्सल्टेन्टको सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ जम्मा

पोखरा । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवा र तल्लो तटीय क्षेत्रका परिवारको राहत तथा पुनःस्थापनाका लागि पोखराको चिप्लेढुंगास्थित जी एन्ड के एजुकेसन कन्सल्टेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको छ। कम्पनीका सञ्चालक राजन पन्थीले भदौ ११ गते बिहीबार एनएमबी बैंकमार्फत उक्त रकम जम्मा गरिएको जानकारी दिए।विपद्का कारण समस्यामा परेका परिवार तथा समुदायलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले यो सहयोग गरिएको उनले बताए।

सिटीजन फनिच्रर

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकका लागि राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सहयोग जारी राख्ने योजना बनाएको छ।

Pokhara learners