newa srijana

रसुवा बाढी प्रभावितलाई पर्वतीय समाजको सहयोग

पोखरा - १७ घारीपाटनस्थित समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग

पोखरा। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि पोखरा-१७ घारीपाटनस्थित पर्वतीय समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको र रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएकाले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सबैले आ-आफ्नो तर्फबाट योगदान गर्नुपर्ने समाजका अध्यक्ष पञ्चराम गुरुङले बताए।

सिटीजन फनिच्रर

Mountain run pokhara click

समाजले स्थानीयस्तरबाट रकम संकलन गरी यो सहयोग उपलब्ध गराएको हो। यसअघि २०७२ सालको भूकम्पका बेला पनि समाजले स्थानीयस्तरबाटै रकम जुटाएर प्रभावित क्षेत्रमा सहयोग पुर्‍याएको थियो।

प्रकोपले असर परेकाहरूका लागि विभिन्न क्षेत्रबाट हाल राहत तथा सहयोग जुटिरहेको छ।

Rabin photo