newa srijana

सहारा खेलकुद पत्रकारिता पुरस्कार पराजुलीलाई

पत्रकार रोहितराज पराजुली ३० हजार ५ सय रुपैयाँसहित सम्मानित

पोखरा । सहारा क्लब पोखराले प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिएको छ। क्लबको २८औँ वार्षिकोत्सव तथा साधारणसभा अवसरमा आयोजित कार्यक्रममा पराजुलीलाई ३० हजार ५ सय रुपैयाँ, दोसल्ला, सम्मानपत्र र मालासहित सम्मान गरिएको हो।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, क्लबका अध्यक्ष केशबहादुर थापा र हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले पराजुलीलाई सम्मान गरेका थिए।

खेलाडी, खेल संस्था र पत्रकारिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले बताइन्। खेलकुदको विकासका लागि सरकार, निजी क्षेत्र, खेल संस्था र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन्।

Mountain run pokhara click

सिटीजन फनिच्रर

यसै अवसरमा पोखरा–१० बुद्धचोक निवासी सञ्जु गुरुङ र उनका पति सिअन म्याकभअले सञ्जुकी आमा चित्रकुमारी गुरुङको स्मृतिमा सहारा फुटबल एकेडेमीका लागि ७८ हजार रुपैयाँ सहयोग गरेका छन्। उक्त रकम क्लबका अध्यक्ष थापालाई हस्तान्तरण गरिएको थियो।

पोखरा महानगरपालिका–९ ले क्लबलाई कलर प्रिन्टरसमेत सहयोग गरेको छ। वडा अध्यक्ष दीपेन्द्र मर्सानीले उक्त प्रिन्टर क्लब अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए।

क्लबले सिद्धान्त थापामगरलाई ‘सहारा उत्कृष्ट सदस्य–२०८२’ बाट सम्मान गरेको छ। क्लबमा आबद्ध सदस्य तथा उनीहरूका परिवारका सदस्यमा कक्षा १२ वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका–९ का अध्यक्ष मर्सानी, हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, अग्रज पत्रकार नारायण कार्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेललगायतको उपस्थिति थियो।

Rabin photo