पोखरा । नेवा खल कास्कीको अध्यक्षमा अशोक पालिखे पुनः चयन भएका छन्। शनिबार सम्पन्न संस्थाको १२औं अधिवेशनमा अध्यक्ष पदमा पालिखेको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए।
अधिवेशनबाट सदस्यमा विक्रम उदास, शम्भुलाल श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, भैरवलाल श्रेष्ठ, चन्द्रबहादुर राजभण्डारी, कल्पना श्रेष्ठ, शान्तकुमार श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, ऋषभ तिमिला र प्रकाशलाल श्रेष्ठ चयन भएका छन्।

निर्वाचन समितिमा संयोजक श्रेष्ठसहित निरञ्जन श्रेष्ठ, सुरसकुमार मानन्धर र संगीता बज्राचार्य सदस्य थिए।
नवनिर्वाचित अध्यक्ष पालिखेले निर्वाचित सदस्यमध्येबाट उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र सुविन्द्र श्रेष्ठ, महासचिवमा भैरवलाल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी र सचिवमा शम्भुलाल श्रेष्ठलाई मनोनयन गरेका छन्।




