कोटि होम १

जनप्रिय बहुमुखी क्याम्पस पोखराको २६ औँ साधारण सभा

जनप्रिय बहुमुखी क्याम्पस पोखराको २६ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

 

 

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पस पोखराको २६ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनको प्रमुख अतिथिमा साधरण सभाको उद्घाटन भयो । हामीले एयटा पिपलको बोट रोपेका छौं त्यो पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शितलता दिएकाले जनप्रियको शैक्षिक लोकप्रिय भएको बताउनु भयो । तुलाचनले ३३ वर्ष सामुदायिक शिक्षामा निरन्तरता दिएको क्याम्पस अकबरी सुन जस्तै मूल्यवान भएकोले आवश्यक परेको खण्डमा क्याम्पसलाई जहिले पनि सहयोग गर्ने बताउनु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेको अध्यक्षतामा भएको साधारण सभामा उहाँले क्याम्पसलाई मानित विश्वविद्यालय उन्मुख बनाउन नीतिगत, भौतिक र शैक्षिक सुधार गरेको जानकारी दिँदै क्याम्पसको हितका लागि आफू दुई कदम पछि हट्न तयार रहेको बताउनु भयो।

Nawa Srijana

क्याम्पस सञ्चालन नियमावली २०५४, सातौँ संशोधन २०७६ को नियम ७।३ ९२० अनुसार बसेको २४ औं साधारण सभामा आर्थिक वर्ष २०८० र ०८१ को आर्थिक प्रतिवेदन, आ।व। २०८१ र ०८२ को प्रस्तावित बजेट कोषाध्यक्ष गणेशबहादुर अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन साधारणसभामा छलफलपछि पारित भएको छ भने निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्रस्तुत गरेको २०८० र ०८र१ वार्षिक प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदित भएको छ ।

साधारणसभामा संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, पूर्व कार्यवहाक अध्यक्ष परशुराम बराल, सल्लाहकार डा वीरबहादुर कार्की, सिनेटर शोभाकान्त न्यौपाने, बसन्त चालिसे , उपाध्यक्ष ध्रुवराज चालिसे, विष्णुप्रसाद बराल लगायतका वक्ताहरूले क्याम्पसलाई राजनैतिक गन्ध नआउने गरि शैक्षिक जनशक्ति उत्पादन गर्नेमा जोड दिनु भयो ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.