newa srijana

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार साँझ उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समय भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । तर अध्यक्ष ओलीले हालैको एउटा कार्यक्रममा भण्डारीलाई पार्टीमा सक्रिय हुन दौडधुप नगर्न नेताहरूलाई सचेत गरेका थिए ।

World link net

भण्डारीको सक्रियता र पार्टीकै केही नेताले उनलाई गरिरहेको सहयोगप्रति ओलीको पर्याप्त असन्तुष्टि छ, जुन कुरा पार्टीका कार्यक्रममा पनि व्यक्त हुँदै आएको छ।

गएको मंसिर मसान्तका दिन स्थानीय तहमा पार्टी कामका समस्या समाधान विषयक राष्ट्रिय कार्यशाला बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपतिकोमा गएर मानिसहरूले किन गल लगाउनुपर्‍योरु किन उचालिराख्नुपर्‍यो ररु ‘तपाईं आइदिनुपर्‍यो भनेर भन्नै परेन नि१ पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो। उहाँले बुझिहाल्नुहुन्छ नि।’

अबको महाधिवेशनमा ओली फेरि अध्यक्ष बन्न चाहन्छन्। उनले उमेर हददेखि तेस्रो कार्यकालका लागि पनि अध्यक्ष दोहोरिने गरी विधान संशोधन गरिसकेका छन्।

सिटीजन फनिच्रर