newa srijana

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

डीआईजीहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवाका लागि सिफारिस भएका हुन् ।

World link net

कार्की नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान योजना तथा विकास निर्देशनालय, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानव शक्ति विकास विभाग, नक्सालमा कार्यरत छन् ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा उनीहरूको बढुवा सिफारिस गरेको हो ।

सिटीजन फनिच्रर