barahi

नवलपुरको दुम्कीबासमा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसले गर्दा यहाँ पटकपटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भासिदा सडक अवरुद्ध भएको जानकारी दिए । उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिएपछि सडक अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दा सम्मलाई वैकल्पिक बाटो खोज्ने काम भइरहेको जानकारी दिए ।

Sadak 1

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

Leave A Reply

Your email address will not be published.