काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० सानोठिमीले मंगलबार एसईईको तालिका सार्वजनिक गरेको हो ।
बोर्डले परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुने निर्धारण गरेको छ । चैत ७ मा सुरु हुने परीक्षा चैत १९ मा सम्पन्न हुने जनइएको छ । साथै नियमित तथा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा उल्लिखित तालिकाअनुसार नै हुने पनि बोर्डले जनाएको छ ।
चैत ८ गते शनिबार र ११ गते सोमबार भने कुनै पनि परीक्षा सञ्चालन नहुने भएको छ । साथै कुनै आकस्मिक विदा पर्न गएमा पनि बोर्डको पूर्सूचनाबिना परीक्षा स्थगित नहुने जनाइएको छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।