रुकुम पश्चिम । चार दिनअघि भागी विवाह गरेका रुकुम पश्चिमका दुई जना किशोर किशोरी मृत फेला परेका छन् । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार सोही गाउँपालिकाको वडा नम्वर ६ मा घर भएकी सपनालाई लोकेन्द्रले केही दिनअघि भगाएर विवाह गरेका थिए । शनिबार बिहान करिब ९ बजेको समयमा लोकेन्द्रको घरमा दुवै जना मृत फेला परेको विष्ट जनाए ।
उनकाअनुसार लोकेन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको छ । घटनाको थप अनुसन्धान भइरहेको बताउँदै विष्टले आफन्तहरू आएपछि विस्तृत अनुसन्धान थाल्ने बताए ।