पोखरा । पोखरामा मोटरसाइकल दुर्घटनामा परेर दुई युवकको मृत्यु भएको छ । आइतबार राति १२ बजेर ५८ मिनेटमा लेकसाइडको स्ट्रिट नम्बर ३ मा मोटरसाइकल दुर्घटनामा परेर पोखराकै दुई जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा चालक पोखरा–२४ कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि बसेका पोखरा–८ सिमलचौरका २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर दुर्घटना भएको थियो । मोटरसाइकल सडक छेउको सोलार पोलमा ठोक्किएको थियो । दुर्घटनापछि दुवैलाई गण्डकी मेडिकल कलेज लगिएको थियो ।

अधिकारीलाई राति २ बजेर १४ मिनेटमा र रानाभाटलाई राति २ बजेर १८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।