काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् ।
ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो ।
घाँटीको संक्रमण क्षयरोग (टीबी)को लक्षण हुन सक्ने देखिएपछि परीक्षण भइरहेको अस्पतालका प्रशासन प्रमुख सरस्वती गरुङले बताइन् ।

आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
एनेक्स भवनको ६०२ नम्बर बेडमा राखिएकी उनी खान र भेटघाट गर्न सक्ने अवस्थामा छिन् ।