सुचना१
हेमाजा हिले महोत्सव

भर्गो एग्रो इन्डस्ट्रिजको चामल बिक्री केन्द्र पोखरामा

‘आफ्नै उत्पादन, आफ्नै बजार’ नारासहित अर्गानिक र प्रिमियम चामल सुपथ मूल्यमा

पोखरा। ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित भर्गो एग्रो इन्डस्ट्रिज प्रा. लि. ले पोखरामा चामल बिक्री केन्द्रको स्थापना गरेको छ। याे भर्गो एग्रो इन्डस्ट्रिजकाे पाेखराकाे पहिलाे विक्रि केन्द्र हाे । बुधबार एक विशेष समारोहबीच पोखरा महानगरपालिका लेखा समिति संयोजक झपट बहादुर रानाभाटले बिक्री केन्द्रको उद्घाटन गरे।

स्थानीय कृषि उपजको आधुनिकीकरण, प्रशोधन र बजारिकरणलाई जोड दिने उद्देश्यसहित घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडको संयुक्त लगानीमा भर्गो एग्रो स्थापना गरिएको हो। कम्पनीले नवलपुरको गैडाकोट–१४, अमरापुरीमा जापानी अत्याधुनिक मेसिन प्रयोग गरेर ‘मनास्लु’ ब्रान्डको चामल उत्पादन गर्दै आएको छ।

कम्पनीका व्यवस्थापक सुरज दंगालले कृषि उद्यमशीलताको विकास देशको समृद्धिको मूल आधार भएको बताए। ‘हामी किसान र उपभोक्ताबीच पुलको काम गर्छौं,’उनले भने, “कृषकलाई उचित मूल्य र उपभोक्तालाई गुणस्तरीय चामल सहुलियतमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।’

पोखरा शाखा प्रमुख राजु रिजालले कम्पनीले उत्पादन र बिक्रीमा मात्र होइन, किसानसँग प्रत्यक्ष सहकार्यमार्फत उनीहरूको सीप अभिवृद्धि र बजार पहुँच विस्तारमा पनि काम गर्ने जानकारी दिए।

बिक्री केन्द्रमा सुरुमा तीन प्रकारका अर्गानिक तथा प्रिमियम चामल (कतर्नी चामल: रु. २,०५० प्रति बोरा ,जिरा मसिनो चामल: रु. १,८५० प्रति बोरा, सोना मन्सुली चामल: रु. १,६५० प्रति बोरा) उपलब्ध छन् ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र स्थानीय कृषकको जीवनस्तर उकास्न योगदान पुर्याउने विश्वाससहित कम्पनीले निकट भविष्यमा देशका प्रमुख सहरहरूमा यस्ता बिक्री केन्द्र विस्तार गर्ने योजना बनाएकाे छ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर
Leave A Reply

Your email address will not be published.