newa srijana

मरेको खसीको ‘फ्रेस’ मासु बेच्न खोज्दा दुई जना पक्राउ

पोखरा । मरेको खसीको मासु ‘फ्रेसी’ बनाएर बिक्री गर्न तयारी गरिरहेका दुई व्यक्तिलाई प्रहरीले गएराति पोखराबाट पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा गत राति साढे नौ बजेतिर पोखरा महानगरपालिका वडा नं. १४ स्थित खसिबजारमा अवस्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा.लि. मा प्रहरीले छापा मारेको थियो। उक्त स्थानमा मरेको खसी काटेर बिक्री वितरण गर्ने तयारी भइरहेको जानकारीपछि प्रहरीले कारबाही अघि बढाएको हो।

World link net

छापामारीको क्रममा प्रहरीले मरेको खसीलाई ड्रेसिङ गर्दै गरेको अवस्थामा दुई आरोपितलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट ५४ किलो खसीको मासु बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा चितवनको इच्छा मनकामना गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा-१६ मा बसोबास गर्ने ३८ वर्षीय मिलन गुरुङ र लम्जुङको क्वोलासोथर गाउँपालिका-३ स्थायी घर भई हाल पोखरा-१६ मा बस्ने ३२ वर्षीय राम गुरुङ रहेका छन्।

दुवै व्यक्तिलाई कालो बजारी तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

सिटीजन फनिच्रर