newa srijana

दीपक मनाङे सांसद पदबाट पदमुक्त

पोखरा । गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) अब सांसद नरहने भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी मुद्दामा दोषी ठहर भई फैसला अन्तिम भएको आधारमा उनलाई सांसद पदबाट हटाउने निर्णय गरेको छ।

World link net

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडाल सम्मिलित इजलासले बुधबार यो फैसला सुनाएको हो। यो निर्णयसँगै मनाङेको सांसद पद तत्काल प्रभावबाट खारेज भएको छ।

मनाङे विरुद्ध फौजदारी अभियोगमा दोषी ठहर भएको विषयलाई लिएर सर्वोच्चमा रिट परेको थियो। अदालतको यो फैसलाले उनको राजनीतिक भविष्यमा ठूलो असर पार्ने अनुमान गरिएको छ।

सिटीजन फनिच्रर