सुचना१
newa srijana

पोखरा महानगरको ८ अर्ब ३५ करोडको बजेट सार्वजनिक, पूर्वाधार र पर्यटनलाई प्राथमिकता

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार महानगरको १७औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुभयो।

बजेट सार्वजनिक हुनु अघि मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम पारित भएपछि उपमेयर गुरुङले बजेट प्रस्तुत गर्नुभयो।

महानगरको आगामी वर्षको बजेटमा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। चालु आर्थिक वर्षको तुलनामा बजेट ८३ करोड ७९ लाख रुपैयाँले बढेको छ। चालु वर्षमा ७ अर्ब ५१ करोड १५ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

Pokhara महोत्सव

पूर्णपाठ हेर्नुहोस्

उपमेयर गुरुङका अनुसार कुल बजेटमध्ये ३ अर्ब १ करोड ८१ लाख रुपैयाँ (३६.१३ प्रतिशत) संघीय सरकारबाट प्राप्त अनुदान हो भने ५ अर्ब २३ करोड ३१ लाख रुपैयाँ (६३.८७ प्रतिशत) आन्तरिक आम्दानीबाट जुटाइनेछ।

पूर्वाधार विकासका लागि २ अर्ब ३३ करोड रुपैयाँ (२७.९२ प्रतिशत) विनियोजन गरिएको छ। बजेटमा हरित, दिगो र उत्थानशील पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, स्वरोजगार, उद्यमशीलता र व्यवसायिक कृषि प्रणालीको विकासलाई प्राथमिकता दिइएको छ।

 

पुल सेन्टर
वडा नं २६