सुचना१
हेमाजा हिले महोत्सव

गण्डकीमा वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र समस्याः सामी कार्यक्रमको प्रयास

पोखरा । जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा गएकामध्ये १५० भन्दा बढीको मृत्यु भएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले पोखरामा आयोजित छलफलमा यो तथ्य सार्वजनिक गरेको हो।मृत्यु हुनेमा स्याङ्जा र नवलपुरबाट धेरै छन्, जहाँ क्रमशः २७/२७ जनाको मृत्यु भएको छ। यस्तै, कास्की, बागलुङ, तनहुँ, गोरखा, लमजुङ, पर्वत र म्याग्दीका कामदारको पनि मृत्यु भएको छ।

सामी कार्यक्रमले कास्कीमा वैदेशिक रोजगारसम्बन्धी २०० भन्दा बढी समस्या पहिचान गरेको छ, जसमध्ये ७० भन्दा बढी समाधान भएका छन्। पीडितलाई करोडौं रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ। पोखरा महानगरपालिकामा सबैभन्दा धेरै समस्या दर्ता भएका छन्, जसमध्ये केही समाधान भई बाँकी प्रक्रियामा छन्। अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकामा पनि समस्याहरू समाधानको चरणमा छन्।

यसैबीच, सामीले १२,००० भन्दा बढीलाई परामर्श र हजारौंलाई गहन अभिमुखीकरण प्रदान गरेको छ। पोखरासहित विभिन्न गाउँपालिकामा व्यक्तिगत र सामूहिक मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको छ।

यी तालिमहरू पोखराका विभिन्न वडा र अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपामा आयोजना गरिएका छन्।

‘स्वदेशमै रोजगार गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना र सीप लिएर जाऔं’ भन्ने नारासहित सामीले सचेतना अभियानलाई तीव्र बनाएको छ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर
Leave A Reply

Your email address will not be published.