सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा काहुँखोलाको बाँध भत्किँदा काहुँ र भलामका घरहरूमा क्षति

पोखरा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पोखराको काहुँखोलाको बाँध भत्किँदा वडा नम्बर १३ काहुँ र वडा नम्बर २० भलाममा केही घरमा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार, भलाममा सूर्यबहादुर बास्तोलाको सात कोठे घरका तीन कोठा बाढीले बगाएको छ। काहुँखोलामा दीपा लामाको घरका दुई कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाँध भत्किएपछि बाढी ढल्केपुल क्षेत्रतर्फ पसेको र अन्य केही घर तथा टहरामा पनि क्षति पुगेको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए।

वडाध्यक्ष बरालका अनुसार राति ३ बजेदेखि नै सशस्त्र प्रहरी क्षति न्यूनीकरणमा जुटिरहेको छ। हामीले सम्भव भएसम्म भौतिक क्षति कम गर्न प्रयास गरिरहेका छौं, उनले भने।

बाढीको खबरपछि रामबजार प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ। प्रहरी निरीक्षक देवप्रसाद कँडेल र सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको टोलीले डोजरसहित उद्धार कार्य थालेको हो।

सुरक्षाकर्मी र स्थानीय प्रशासनको सक्रियताले मानवीय क्षति भने हुन पाएन। धेरै घरमा बाढी पस्दा पनि जनधनको ठूलो क्षति भएको छैन।

वडा नं २६
Sadak 1
पुल सेन्टर