newa srijana

लेकसाइडस्थित होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ, लाखौं नगद बरामद

पोखरा । पोखराको लेकसाइडस्थित होटल ‘लेक टप’ मा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले होटलको कोठामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जुवा खेल्ने क्रममा उनीहरूको साथबाट २ लाख ५६ हजार ४ सय नेपाली रुपैयाँ, ५ हजार ५ सय भारतीय रुपैयाँ, र २० बुक तास समेत बरामद गरेको छ।

सिटीजन फनिच्रर

पक्राउ पर्नेहरूमा पोखराका विभिन्न स्थानमा बसोबास गर्ने चिन्तामणी अधिकारी, रामजी घजु, अर्जुन अधिकारी, तुलबहादुर थापा, दुर्गा बहादुर थापा, मिन बुढा मगर, हेमबहादुर श्रीष, दीपक आचार्य, र माया गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतका अनुसार उनीहरूविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

Press register 3