सुचना१
हेमाजा हिले महोत्सव

गुरुङ गहना घर प्रालिको रक्तदानमा ११४ युनिट रगत संकलन

पोखरा । गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ। प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९ न्यूरोडस्थित प्रालिको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका लेखक तीर्थ गुरुङलाई नगद २० हजार रुपैयाँ र कदरपत्रसहित सम्मान गरिएको थियो। उनलाई प्रदेश सांसद पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घरका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र सञ्चारकर्मी बालकासी गुरुङलगायतले दोसल्ला, नगद र कदरपत्र प्रदान गरेका थिए।

सञ्चालक सीमा गुरुङका अनुसार, सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो। आर्थिक चुनौतीका बाबजुद सुनचाँदी व्यवसायबाट अर्थतन्त्रमा योगदान दिन प्रयासरत रहेको उल्लेख गर्दै उनले हाल लागू गरिएको विलासिता कर र मूल्य अभिवृद्धि करले व्यवसायी र ग्राहक दुवैलाई असर पारेको बताइन्। उनका अनुसार, यस करको विरोधमा आफूहरू उभिएका छन्।

त्यस्तै, प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा असोज ६ गते घटस्थापनाका दिन उद्घाटन गरिने जानकारी दिए। युवाहरूको विदेश पलायन बढ्दो अवस्थामा आफूले स्वदेशमै व्यवसाय विस्तार गर्ने अठोटका साथ अगाडि बढिरहेको पनि उनले बताए।

वडा नं २६
Sadak 1
पुल सेन्टर