newa srijana

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

पोखरा । नेपाली लोकसंगीतकी लोकप्रिय गायिका विष्णु माझीले नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक गरेकी छन्। बुधबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतले लामो समयदेखि प्रतीक्षा गरिरहेका उनका श्रोतामाझ उत्साह थपेको छ।

गीत ‘पुतलीको भट्टी’ शृंखलाको २१औँ भागअन्तर्गत आएको हो। यसमा शब्द तथा संगीत विष्णु माझीकै पति सुन्दरमणि अधिकारीले दिएका हुन्। म्युजिक भिडियोमा ललिता पौडेल मुख्य भूमिकामा देखिएकी छिन्। भिडियोमा ६० जना कोरस नर्तकहरूको सहभागिता छ भने कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। छायांकन शम्भु चालिसे र सम्पादन प्रवीण भट्टले गरेका हुन्।

सिटीजन फनिच्रर

Mountain run pokhara click

गीतको कथावस्तु एउटी छोरीको आफ्नी आमाप्रति गरिएको भावुक गुनासोमा केन्द्रित छ। वैवाहिक जीवनका कठिनाइ, माइती जान नपाउने पीडा र समाजमा महिलाले भोग्ने समस्या गीतमा समेटिएका छन्। यस्ता विषय तीज गीतमा सामान्य भए पनि विष्णु माझीको स्वरले यसलाई अझ गहिरो र यथार्थपरक बनाएको छ। यसअघि उनको ‘आइनँ आमा यो तीजमा’ नामक गीतले पनि यस्तै सामाजिक सन्देश बोकेको थियो, जसले ठूलो लोकप्रियता हासिल गरेको थियो।

 

Rabin photo