newa srijana

पोखरा मुस्ताङचोकमा ट्रिपर र मोटरसाइकल दुर्घटना, दुई युवकको अवस्था गम्भीर

पोखरा । पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा शुक्रबार बिहान ट्रिपर र मोटरसाइकल दुर्घटनामा परेर दुई युवक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ५:५५ बजे पृथ्वीचोकबाट बिरौटातर्फ गइरहेको ग १ ख ७९२९ नम्बरको ट्रिपर र राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ गइरहेको प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो।

World link net

घटनामा घाइते भएका पोखरा–२१ का २२ वर्षीय सुजन गौतम गण्डकी मेडिकल कलेजमा उपचाररत छन् भने अर्का घाइते, पोखरा–१७ बिरौटाका २२ वर्षीय सुगम श्रेष्ठलाई पोखरा स्वास्थ्य प्रतिष्ठान (साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवै घाइतेको अवस्था गम्भीर छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर